काठमाडौं । नेपालमा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने अहिलेसम्म २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३६१ पुगेको छ ।
मन्त्रालयका अनुसार मंगलबार २७९१ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।