काठमाडौं । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा पर्नुभएको छ ।
बेवारिसे शव जलाउने काम गर्नुभएकी म्याग्दीको मंगला गाउँकी सपना सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल हुनुभएको हो ।
बीबीसीले मंगलबार सार्वजनिक गरेको १०० प्रभावशाली महिलाको सूचीमा अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योहलगायत पनि परेका छन् ।
बीबीसीको सूचीमा परेपछि उहाँले आफू गौरवान्वित भएको बताउनुभएको छ ।