Aafno Khabar
खबर

रजनीकान्तले नयाँ पार्टी खोल्ने

भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिएका हुन् । उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि...

अमेरिकामा झन् बढ्यो कोरोना संक्रमण

काठमाडौं । केही दिनयता अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या तीब्र बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा बुधबार संक्रमित हुने तथा अस्पतालमा भर्ना हुनेको संख्या हालसम्मकै उच्च भएको छ । अमेरिकामा पहिलो पटक एक दिनमा अस्पताल भर्ना हुनेको संख्या एक लाखभन्दा बढी...

कोरोना खोप मुनाफा कमाउने माध्यम बन्‍नु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ हुनुपर्ने बताउनुभएकाे छ । शुक्रबार संयुक्त राष्ट्रसंघीय महासभाको ३१औं विशेष अधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले खोप विकासमा प्राप्त सफलताबाट प्रोत्साहित भएको...

संस्कृत विश्वविद्यालयका कूलसचिवद्वारा पदभार ग्रहण

दाङ । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त कूलसचिव सहप्राध्यापक माधव अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले पदभार ग्रहण गराउनु भएको हो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेको सिफारिसमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री के.पी....

झापामा उपमेयर सवार गाडी जलाउने प्रयास

झापा । मेचिनगर नगरपालिका उपमेयर मीना उप्रेती पोखरेल सवार गाडी जलाउने प्रयास भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी जलाउने प्रयास गरेको हो । चारआलीस्थित एक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई...

ड्रग्सको सूचीबाट हट्यो गाँजा, नेपालले पनि गर्‍यो समर्थन

काठमाडाैं । संयुक्त राष्ट्रसंघले गाँजा ड्रग्सको सूचीबाट हटाउने भएको छ । गाँजा खतरनाक ड्रग्सको सूचीबाट राष्ट्रसंघले हटाउने भएको हो । नेपालले पनि त्यस प्रस्तावको पक्षमा मतदान गरेको छ । भियनास्थित नेपालको स्थायी नियोगका राजदूत प्रकाशकुमार सुवेदीले नेपालले पक्षमा मतदान गरेको...

कोरोना अपडेट : १३४३ संक्रमित थपिए, देशभर १५ हजार ७६६ सक्रिय संक्रमित

काठमाडौं । नेपालमा थप १३४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९२८९ जनाको पीसीआर परीक्षणमा १३४३ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा २१११ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ...

सुनकाे भाउ बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनको भाउ बिहीबार १६ सय रुपैयाँले बढेको छ । सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ । गएको सोमबार भाउ घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि निरन्तर बढीरहेको छ । चाँदीकाे पनि भाउ...

फाइजरको कोरोना भ्याक्सिन सुरुमा कसले र कहिले पाउँछन् ?

बेलायतले फाइजर–बायोएनटेकको कोरोनाभाइरस भ्याक्सिनको व्यापक प्रयोगका लागि मञ्जुरी दिएको छ । कोरोनाभाइरसकाे भ्याक्सिनको प्रयोगकाे मञ्जुरी दिने बेलायत पहिलाे देश पनि बनेको छ । बेलायतको स्वास्थ्य नियामक एमएचआरए (मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एनेन्सी) ले बताए अनुसार यो भ्याक्सिन कोरोनाभाइरसको संक्रमितलाई...

स्नातकोत्तर तहमा दुई घण्टाको मात्र परीक्षा

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार...