Aafno Khabar

संस्कृत विश्वविद्यालयका कूलसचिवद्वारा पदभार ग्रहण

  • आफ्नो खबर
  • २०७७ मंसिर १९ गते प्रकाशित

दाङ । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त कूलसचिव सहप्राध्यापक माधव अधिकारीले पदभार ग्रहण गर्नुभएको छ ।

उहाँलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले पदभार ग्रहण गराउनु भएको हो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेको सिफारिसमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री के.पी. ओलीले कुलसचिवमा नियुक्त गर्नु भएको हो ।

उहाँलाई २०७७ कार्तिक ११ गते नै कुलसचिवमा नियुक्त गरिएको भएपनि उहाँमा कोरोना सङ्क्रमण देखिएपछि पदभारको कार्यक्रम हुन सकेको थिएन ।

यस अघिपनि अधिकारीले विश्वविद्यालयमा अस्थायी रुपमा कुलसचिवको जिम्मेवारी वहन गरिसक्नु भएको थियो ।