Aafno Khabar
स्थानीय

सिन्धुपाल्चाेक बाढी अपडेट : २ जनाकाे मृत्यु, २० जना बेपत्ता (नामावलीसहित)

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण २० भन्दा बढी घर बगाएको छ भने अरनिकाे राजमार्ग अवरुद्ध भएको छ । स्थानीय जम्बु खोलामा आएकाे बाढीले...

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु, अन्य केही बेपत्ता

सिन्धुपाल्चाेक । अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । अन्य केही बेपत्ता भएकाे अपुष्ट खबर प्राप्त भएकाे छ । बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बु भन्ने स्थानमा बाढीले दर्जनौँ घर बगाएका छन्...

मोदी गाउँपालिकाले गर्यो जनप्रतिनिधि र कर्मचारीको कोरोना बीमा

पर्वत । मोदी गाउँपालिकाले गाउँपालिका अन्र्तगतका १५५ जना कर्मचारी तथा जनप्रतिनिधिको कोरोना (कोभिड–१९) बीमा गरेको छ । गाउँपालिकाका ४४ जना जनप्रतिनिधि तथा १११ जना कर्मचारीको कोरोना बीमा गरेको गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले जानकारी दिनुभयो । शिखर इन्स्योरेन्स कुश्माबाट गाउँपालिकाका...

कुश्मा नगरपालिकाले गर्यो स्वास्थ्यकर्मीको कोरोना बीमा

पर्वत । कुश्मा नगरपालिकाले नगरपालिका भित्रका स्वास्थ्यकर्मीको कोरोना बीमा गरेको छ । नगरपालिका मातहातमा रहेका ८३ जना स्वास्थ्यकर्मीको कोरोना (कोभिड–१९) बीमा गरिएको नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । शिखर इन्स्योरेन्स कुश्माबाट नगरपालिकामा रहेका स्वास्थ्यकर्मीको बीमा गरिएको उहाँले जानकारी दिनुभयो...

लकडाउनमै बन्यो कुश्मामा सरकारी तवरबाट खुला व्यायमस्थल

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सार्वजनिक व्यायामशाला निर्माण गरेको छ । बजारको बाक्लो बस्ती र व्यस्त दैनिकीका कारण मानिसले व्यायाम गर्न सहज बनाउन नगरपालिकाले सार्वजनिक चौरमा सो स्थल निर्माण गरेको हो । नगरपालिकाले बजारको खानपानबाट शरीरलाई स्वस्थ राख्न अनिवार्य व्यायाम...

एटिएम फुटाउँदै गरेका व्यक्ति पक्राउ

सिन्धुपाल्चोक । बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५...

कैलालीका सात स्थानीय तह मिलेर अस्पताल सञ्चालन गर्दै

कैलाली । कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् । देशभरि पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् । कैलालीको पूर्वी...

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आउनु भएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले...

श्रीमानकाे हत्या गरेकाे अभियाेगमा ३६ वर्षीया महिला पक्राउ

नवलपरासी  । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी छिन् । घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया(चौधरी) को घटनास्थलको अवस्था र शवको प्रकृति...

प्युठानकाे क्वारेन्टिनमा बसेकी महिलाको मुत्यु

प्युठान । प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज ज्यान गएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी...