Aafno Khabar
स्थानीय

प्यूठान ट्रयाक्टर दुर्घटनामा मृत्यु भएका सबैको पहिचान

प्यूठान । प्यूठानमा भएको ट्रयाक्टर दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भएको छ । मृत्यु हुनेमा रोल्पा रुन्टिगढी गाउँपालिका–५, वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठामगर, गोर्वधन बुढामगर, २५...

बेपत्ताको खोजीमा गएको गोताखोरको डुंगा भोटेकोशीमा पल्टियो

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ताको खोजीमा गएको गोताखोरको डुंगा भोटेकोशीमा पल्टिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीको डुंगा पल्टिँदा चार जना अधिकारी घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको...

खाेलाले बगाएर सिन्धुपाल्चाेकमा एक जनाकाे मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको झ्याँडी खोलाले बगाएर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका -९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा रहेका छन् । खोला तर्ने क्रममा बगेका उनको शव करिब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी...

तनहुँ पहिराेमा पुरिएर ६ जनाकाे मृत्यु, ५ जना अझै बेपत्ता

तनहुँ । पहिरोमा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको पहिराेमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका...

पहिराेमा पुरिएर तनहुँमा २ जनाकाे मृत्यु, ५ जना बेपत्ता

तनहुँ । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा २ जनाको मृत्यु भएको छ । त्यस्तै, ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको...

जाजरकाेट पहिराे : थप २ जनाकाेे शव भेटियाे

जाजरकाेट । जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका थप २ जनाको शव आइतबार भेटिएको छ । बारेकोट गाउँपालिका-४ सार्कीगाउँका १३ वर्षीया लक्ष्मी सार्की र ११ वर्षीया कमला सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएकाे छ । पहिरोमा...

जाजरकाेट पहिराे अपडेट : ९ जनाकाे शव फेला

जाजरकाेट । जाजरकोटको बारेकोट गाउँपालिका– ४ मा बिहीबार राति पहिराले घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये ९ जनाकाे शव भेटिएकाे छ भने अझै तीन जना बेपत्ता छन् । शनिबार बारेकोट गाउँपालिका–४ सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास...

सङ्खुवासभा पहिराे अपडेट : चार जनाकाे जिवितै उद्धार, हराइरहेका ११ जनाकाे पहिचान

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिराेमा पुरिएका ४ जनाकाे स्थानीयले जिवितै उद्धार गरेका छन् । पहिराेमा पुरिएर अझै ११ जना बेपत्ता छन् । पहिराेमा ८ घर बगाएकाे स्थानीयले जानकारी दिएका छन् । स्थानीय बासिन्दाका अनुसार पहिराेमा परेर घाइते भएका...

इन्द्रावती नदीले बगाउँदा तीनजना बेपत्ता

सिन्धुपाल्चाेक । इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरपालिकाका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ २ पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन् । शनिबार साँझ मण्डनदेउपुर नगरपालिका –१०...

जाजरकाेटमा पहिराेले घर बगाउँदा १२ जना बेपत्ता

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– ४ मा बिहीबार राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २ घरपरिवारका सदस्य रहेकाे बताइएकाे छ । स्थानीय गाेपाल सार्की र कालू सार्कीकाे घर पहिराेमा परेकाे हाे । पहिराेमा परेर...