Aafno Khabar
स्थानीय

कागेश्वरीलाई ‘खेलकुद नगरी’ बनाउन प्रारम्भिक अध्ययनको काम सुरु

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको ‘खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति’ले प्रारम्भिक अनुगमन सुरु गरेको छ । नगरपालिकालाई ‘खेलकुद नगरी’ बनाउने उद्देश्यका साथ गठन गरिएको समितिले नगरपालिका भित्र रहेका खेल मैदान तथा सम्भावित क्षेत्रमा स्थलगत अनुगमन सुरु गरेको हो...

बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

चितवन । चितवनमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले टोकेको हो । गाउँपालिकाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको...

कागेश्वरी मनोहरा एकता समाजको अध्यक्षमा दाहाल

काठमाडौं । कागेश्वरी मनोहरा एकता समाजको अध्यक्षमा केदारनाथ दाहाल निर्वाचित भएका छन । संस्थाको पहिलो साधारणसभाले दाहाललाई अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा शालिकराम दुलाल, महासचिवमा टंकनाथ पौडेल, उपमहासचिवमा रमेश मैनाली तथा सचिवमा युवराज खतिवडा निर्वाचित भएका छन् ।...

फोहोर व्यवस्थापन गर्न महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौं । सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान,  विभिन्न  प्रतिष्ठान,  स्वास्थ्य  तथा  शैक्षिक  संस्था,  गैह्रसरकारी  संस्था,  कम्पनी  तथा  अन्य  प्रकृतिका निजी कार्यालयको  परिसरलाई...

नेपाल मगर संघ, गुल्मी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः युव मगर सर्वसम्मत

काठमाडौं । नेपाल मगर संघ, गुल्मी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः युव गाहा मगर चयन भएका छन् । शनिबार मगर मूलघर कलङ्कीमा सम्पन्न समितिको चौथो अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । १३ सदस्यीय नवगठित समितिको उपाध्यक्षमा ओम सूर्यवंशी, सचिवमा...

राप्तीमा भुमिहिनलाई जग्गा वितरणको प्रकृया सुरु

चितवन । राप्ती नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीका लागि लालपुर्जा वितरणका लागि जग्गा नाप नक्सांकन सुरु गरेको छ । नगरको वडा नम्वर ११ डुम्रेखाँडीबाट नक्सांकन सुरु भएको हो । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण...

मन्त्रालयबाट गएका प्रशासकीय अधिकृतलाई गाउँपालिकामा हाजिर हुनै दिइएन्

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले सरुवा भइ गएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर हुन नदिएरै फिर्ता पठाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर गाउँपालिका पुगेका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीलाई गाउँपालिकाले हाजिर हुन नदिएपछि फर्किएका...

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा अनियमितताको चाङ

स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा अनियमितताको चाङ देखिएको छ । गाउँपालिका गण्डकी प्रदेशकै सबैभन्दा भ्रष्ट गाउँको रुपमा देखिएको महालेखा परीक्षकको कार्यालयद्धारा सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । बेरुजु रकममा अग्र स्थानमा देखिएको कालिगण्डकीमा एउटै शीर्षकमा २६ पटक रकमान्तार भएको पाइएको...

स्थानीय आफै तम्सिए सडक मर्मतमा

लमजुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिकाभित्र पर्ने सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो स्थानीय आफैले हटाउन थालेका छन् । पहिरोले सडक अवरोध एवं जोखिम बनाएको वर्षौ हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेपछि पहिरो फाल्ने तथा सडक सरसफाईका लागि स्थानीय आँफै...

मेलम्चीका नागरिक मध्यरातमा घर छोड्न बाध्य

सिन्धुपाल्चोक । गयराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । मध्यरातमा आएको बाढीका कारण सो क्षेत्रका स्थानीय त्रसित भएका थिए । बाढी आएपछि हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी मध्यरातमा घर छोडेर सुरक्षित स्थानमा गएका थिए...