Aafno Khabar
अपराध खबर

बलात्कारका आराेपित तीन जना पक्राउ, किशाेरीकाे उद्धार

बैतडी । किशाेरी बलात्कारको आरोपमा बैतडीमा प्रहरीले तीनजना पक्रा‍उ गरेकाे छ । सिगास गाउँपालिकाकी एक किशाेरीमाथि पटकपटक बलात्कार गरेकाे आराेपमा मङ्गलबार अपराह्न प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरा...

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

काठमाडौं । बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । मंगलबार उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको हो । रिया पक्राउ परेकाे पुष्टि भारतीय समाचार संस्था एएनआईले नार्कोटिक्स कन्ट्रोलका डेप्युटि डाइरेक्टर केपीएस मल्हाेत्रामार्फत गरेकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।...

बिहे गरेकाे ६ महिनामा जन्मियाे बच्चा, २ शिक्षकसहित तीन जनामाथि बलात्कारकाे आराेप

बैतडी । बैतडीका २ जना शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रा बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकमाथि बलात्कारकाे आराेप लागेकाे हाे । पीडित किशोरी बलात्कापछि अरुसँग भागेर बिहे गरेको र ६ महिनामा छोरी...

बलात्कार आरोपमा एक प्रहरी पक्राउ

काठमाडौं । युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह रहेका छन् । गौशालाका प्रहरीका अनुसार २१ वर्षीया युवतीले दिएको...

कोरोना संक्रमणबाट मृत्युबारे अफवाह फैलाउने व्यक्ति पक्राउ

काठमाडौं । विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन् । आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बू पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा...

बाटाेमा हिँडिरहेकी किशाेरी बलात्कार, ट्याक्सी चालक पक्राउ

कास्की । बलात्कार अभियाेगमा पाेखरामा एक जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरी बलात्कारकाे अभियोगमा पोखरा महानगरपालिका-२० भलाम बस्ने ट्याक्सी चालक ३५ वर्षीय गणेश खत्री शनिबार पक्राउ परेका हुन् । शनिबार बिहान स्थानीय जंगलको बाटोमा एक्लै हिँडिरहेको अवस्थामा डर,...

वृद्धावस्थाका दाजुबहिनीकाे घरभित्र हत्या गरिएको अवस्थामा शव फेला

खोटाङ - खोटाङमा वृद्धावस्थाका दाजुबहिनी घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका छन् । जन्तेढुंगा गाउँपालिका वडा नम्बर ४ का ७६ वर्षीय इन्द्र श्रेष्ठ र ६२ वर्षीया गोपीमायाँ श्रेष्ठकाे घरभित्र हत्या गरिएको अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएकाे छ । घटनास्थलको...

एकैदिन तीन बालिका बलात्कार गरेकाे अभियाेगमा एक जना पक्राउ

लमजुङ । एकैदिन तीन बालिका बलात्कारको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ११/११ वर्षीय २ जना र ९ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले शुक्रबार...

कैलालीमा १३ वर्षीया बालिका बलात्कृत

कैलाली । कैलालीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिका बलात्कार गर्ने मोहन्याल गाउँपालिका-६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मानवीरले ती बालिका बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय...

सामुहिक बलात्कारकाे अभियाेगमा २ जना पक्राउ

सिरहा । सिरहामा सामुहिक बलात्कारकाे अभियाेगमा २ जना पक्राउ परेका छन् । २१ वर्षीया महिलामाथि बलात्कार गरेकाे अभियोगमा गोलबजार नगरपालिका-१० बस्ने २१ वर्षीय दिपेन्द्र मुखिया र अर्का एक जना पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । मुखियालगायत ५ जनाले गएकाे भदाै...