Aafno Khabar

बलात्कारका आराेपित तीन जना पक्राउ, किशाेरीकाे उद्धार

  • आफ्नो खबर
  • September 9, 2020 प्रकाशित

बैतडी । किशाेरी बलात्कारको आरोपमा बैतडीमा प्रहरीले तीनजना पक्रा‍उ गरेकाे छ । सिगास गाउँपालिकाकी एक किशाेरीमाथि पटकपटक बलात्कार गरेकाे आराेपमा मङ्गलबार अपराह्न प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरा रहेकाे प्रहरीले जनाएकाे छ ।

बलात्कृत किशोरी पनि प्रहरीले उद्धार गरेको छ । सोमबार सिगास पुगेको प्रहरीले मङ्गलबार किशोरीको उद्धार गरेर सदरमुकाम लगेकाे छ ।

किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि उनीमाथि बलात्कार भएको घटना बाहिर आएको हो । यो घटना पहिलाकाे भए पनि स्थानीयमा मिलाउन प्रयास गरिएकाले ढिलो गरी बाहिर आएको किशोरीका आफन्तले बताएका छन् ।

याे पनि पढ्नुहाेस् ।

बिहे गरेकाे ६ महिनामा जन्मियाे बच्चा, २ जना शिक्षकसहित तीन जनामाथि बलात्कारकाे आराेप 

सम्बन्धित शीर्षकहरु