Aafno Khabar
Blast News

गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने भन्दै राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवस, २०८२ को अवसरमा शुभकामना दिदैँ राष्ट्रपति पौडेलले शासकीय चरित्र, राजनीति,...

‘सुध्रिएको’ भनी माफी दिइएको हत्यारा फेरि रगतमा रंगियो

काठमाडौँ — बुटवलका सुजन कोइराला (३५) ले आफ्नी पूर्वपत्नी र दुई सन्तानको हत्या गरेका छन्। उनलाई २०७८ सालको संविधान दिवस (असोज ३ गते) को अवसरमा राष्ट्रपतिबाट आममाफी दिइएको थियो। रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजन चोकका स्थायी बासिन्दा सुजनले पूर्वपत्नी दीपा बस्याल...

४० वर्षदेखि अल्झिएको मल कारखानाको सपना

नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा चार दशकअघि नै अध्ययन सुरु भए पनि आजसम्म निर्णयमा पुग्न नसकिएको छ। २०४१ सालमै जापानी सहयोग नियोग (जाइका) को सहायतामा प्रारम्भिक अध्ययन भएको थियो। तर, अहिलेसम्म पनि सरकार निर्णय लिन अन्योलमा छ, जसको कारण...

ट्रेड टावरको आईपीओ आजबाट सर्वसाधारणका लागि खुला

ट्रेड टावर लिमिटेडले आज (जेठ १५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक साधारण सेयर (IPO) निष्कासन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर बाँडफाँट गरिसकेको थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त अनुसार ८१ करोड...

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति मानव अधिकार आयोगको कडा आपत्ति

काठमाडौं  — प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको हालैको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर आपत्ति जनाउँदै चेतावनी दिएको छ। आयोगले उक्त अभिव्यक्तिले देशमा मूठभेड निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो। राजावादी संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा गर्ने...

ग्रामीण जैमिनी सुनसान, दुई वर्षमा हजारौँले गरे बसाइँसराइ

बागलुङ — बढ्दो बसाइँसराइका कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका ग्रामीण बस्तीहरू सुनसान बन्दै गएका छन्। स्थानीयहरूले तीव्र रूपमा गाउँ छोड्न थालेपछि खेतीयोग्य जमिन बाँझिँदै गएका छन् भने घरहरू जीर्ण हुँदै गएका छन्। सेवा–सुविधाको खोजीमा गाउँ छाडेर शहरतर्फ जाने प्रवृत्ति बढिरहेका...

राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

काठमाडौं, जेठ ७ – नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ (विश्व) पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। गभर्नर छनोटका लागि गठित तीन सदस्यीय सिफारिस समितिले पेश गरेको नामावलीबाट पौडेल चयनमा...

सुनवलमा हावाहुरीले रुख ढल्दा दुईको मृत्यु, तीन घाइते

पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीका कारण रुख ढल्दा च्यापिएर दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार सुनवल–७ निवासी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको...

विदेशी मुद्रा सञ्चितिमा कीर्तिमान, रेमिट्यान्स र निर्यातले अर्थतन्त्रलाई बलियो बनाउँदै

काठमाडौं — नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को नौ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले देशको समग्र बाह्य आर्थिक सूचकहरू सुदृढ भएको देखाएको छ। विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स, चालु खाता र शोधनान्तर स्थिति सबै सकारात्मक देखिएका छन् भने...

देशभर बुद्ध जयन्ती मनाइँदै

काठमाडौं — शान्ति, अहिंसा र करुणाका प्रवर्तक गौतम बुद्धको २५६९औं जन्मजयन्ती आज नेपालसहित विश्वभर श्रद्धा, भक्तिसाथ मनाइएको छ। वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनवटै महत्वपूर्ण घटनाहरू परेकाले यो दिनलाई विशेष मानिन्छ। यही अवसरमा नेपाल सरकारले...