काठमाडौं । अमेरिकाको Harrisonville city का प्रमुख Alderman Turner ले कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन भ्रमण गर्नुभएको छ ।
अवलोकन गर्दै Alderman ले स्थानीय तहमार्फत सञ्चालन भएको नेपालको नमूना नगर अस्पतालको रुपमा रहेको कागेश्वरी मनोहरा नगर अस्पतालको प्रशंशा गर्नुभयो । कागेश्वरी मनोहरा नगर अस्पतालको सेवा देखेर आफूलाई खुसी लागेको भन्दै उहाँले यो आफ्ना लागि अविस्मरणीय हुने बताउनुभयो ।

Alderman लाई नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले स्वागत गर्नुभएको थियो । सो अवसरमा अस्पतालका प्रमुख रामप्रसाद पौडेलले अस्पतालका सेवाको जानकारी दिँदै अस्पतालको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।