Aafno Khabar

फर्पिङमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु

  • आफ्नो खबर
  • February 9, 2025 प्रकाशित

काठमाडाैं – काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङस्थित भन्ज्याङमा आज दिउँसो स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जुनकिरी इङ्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त हुँदा अन्य विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन्। उनका अनुसार घाइते विद्यार्थीहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ