Aafno Khabar

नेप्से आइतबार पनि ओरालो, चार दिनदेखि लगातार गिरावट

  • आफ्नो खबर
  • February 9, 2025 प्रकाशित

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ११.४९ अंकले घट्दै २६८८ विन्दुमा पुगेको छ । पछिल्ला चार कारोबार दिनदेखि बजार निरन्तर गिरावटमा रहेको छ ।

मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंकको गिरावटपछि आइतबार पनि बजार नकारात्मक देखिएको हो । बजार घटेसँगै कारोबार रकममा समेत गिरावट आयो । शनिबार ९ अर्ब २४ करोडको कारोबार भएकोमा आइतबार ८ अर्ब ३९ करोडमा सिमित रह्यो ।

दिनभरको कारोबारमा ६८ कम्पनीको मूल्य बढ्दा १६८ कम्पनीको घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स समूह ०.८०, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.२५ र व्यापार समूह १.३९ प्रतिशतले ओरालो लागे ।

अन्य समूह १.३०, निर्जीवन बीमा ०.५७, जीवन बीमा ०.७६, लगानी ०.३९, हाइड्रोपावर ०.५०, होटल तथा पर्यटन ०.२४, विकास बैंक १.३५ तथा बैंकिङ क्षेत्र ०.३५ प्रतिशतले घटे ।

तर, दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले उकालो लाग्यो । सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य अधिकतम बढ्यो । गार्डियनको कारोबार आइतबारबाट सुरु भएको हो, जसको प्रतिकित्ता मूल्य ३३१ रुपैयाँ १० पैसा तोकिएको छ । त्यस्तै, उपकार लघुवित्त र इनिफिनिटी लघुवित्तको ६ तथा अपरलोहोरेखोलाको ५.२ प्रतिशत मूल्य बढ्यो । सप्तकोशी विकास बैंक ६.५, सिन्धु विकास बैंक ५.६ तथा भूगोल इनर्जी ४.६ प्रतिशतले घटे ।