काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य स्थानमा मौसम मुख्यतः सफा रहेको छ। तराईका केही क्षेत्रहरूमा हुस्सु तथा कुहिरो लागिरहेको छ।
आगामी २४ घन्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।