Aafno Khabar

डेङ्गी सङ्क्रमण भइहाल्यो भने के गर्ने ?

  • आफ्नो खबर
  • September 3, 2023 प्रकाशित

काठमाडौं उपत्यकासहित देशभर लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी सङ्क्रमण प्रकोपकै रूपमा फैलिएको छ। डेङ्गी सङ्क्रमण भइहाल्यो भने के कुरामा ध्यान दिने र अरूलाई सर्नबाट कसरी जोगाउने भन्नेबारे हामीले विज्ञहरूसँग सोधेका छौँ।

प्रस्तुत छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका फिजिशियन डा. निरज बम र भाइरोलोजिस्ट रेश्मा तुलाधरले दिएका सुझावको संश्लेषित रूप।

डेङ्गी लागिहाल्यो भने के गर्नुपर्छ ?

डा शेरबहादुर पुनः लक्षण मिल्ने बित्तिकै डेङ्गी लागेको होला भनेर सम्झनुपर्‍यो। ज्वरो बढ्यो भने सिटामोल दिने त हो भनेर घरमै बस्न भएन। त्यसले हाम्रो शरीरमा रगतको जुन उतारचढाव हुन्छ त्यो थाहा हुँदैन र धेरै मान्छेलाई अचानक गाह्रो बनाउन सक्छ।

तपाईँको छरछिमेक काम गर्ने ठाउँ वा विद्यालयमा कसैलाई डेङ्गी छ र तपाईँलाई पनि लक्षण छ भने एक पटक रगतको अवस्था चेक गराउनूस्। र चिकित्सकले परामर्श दिँदै जान्छन्।जटिल अवस्था नभएसम्म हामी अस्पताल आउन सल्लाह दिँदैनौँ र यो सामान्यतः ८ देखि १० दिनमा निको हुन्छ।

सकेसम्म लक्षण देखिएपछि छिट्टै रगत जाँच्नूस्।जटिल अवस्था नभएसम्म हामी अस्पताल आउन सल्लाह दिँदैनौँ र यो सामान्यतः ८ देखि १० दिनमा निको हुन्छ। सकेसम्म लक्षण देखिएपछि छिट्टै रगत जाँच्नूस्।

डेङ्गी सर्छ कि सर्दैन ?

डा पुनः डेङ्गी सरुवा रोग अन्तर्गत परे पनि यो मानिसबाट मानिसमा सिधा सर्ने होइन। यसलाई लामखुट्टेले सार्ने गर्छ। एडीज् जातको लामखुट्टेले एउटा बिरामीलाई टोकेको छ र त्यसले ८ देखि १२ दिनमा आफूबाट अरूमा सार्न सक्ने क्षमता विकास गर्छ र त्यसपछि जति जनालाई टोक्छ त्यति जनालाई डेङ्गी सार्दै जान सक्ने सम्भावना रहन्छ।अहिले परिवारका सबै सदस्यलाई सङ्क्रमण सरिरहेको देखिरहेको छ।

परिवारको सदस्यलाई डेङ्गी भयो भने अरू मानिस कसरी बच्ने ?

डा पुनः परिवारमा कसैलाई सङ्क्रमण भइसकेको छ भने घरबाट लामखुट्टे भगाउने। किनभने त्यही परिवारको पहिले एक जना बिरामी भएर आउने र पछि अर्को मान्छे आउने देखिरहेको छु।

उसको उपचारमा लाग्ने व्यक्ति मात्र नभएर अरूलाई सर्नबाट बचाउनुपर्‍यो। यही कुरा कार्यालयमा पनि लागु हुन्छ। सङ्क्रमित व्यक्ति झुलभित्र बस्ने कुरालाई पनि म बेठिक भन्दिनँ।

एक पटक सङ्क्रमण भएको व्यक्तिलाई दोहोर्‍याएर डेङ्गी हुन्छ ?

डा रेश्मा तुलाधरस् एक पटक डेङ्गी लागेको व्यक्तिलाई फेरि फेरि डेङ्गी लाग्न सक्छ। जुन सालमा उसलाई डेङ्गी लागेको हो त्यही सालमा चाहिँ लाग्दैन किनभने उसको शरीरमा एन्टिबडी बनिसकेको हुन्छ। बीबीसीको सहयोगमा