Aafno Khabar

ताल्चा व्यापारीलाई चोरीको भय

  • संकेत कोइराला
  • July 8, 2023 प्रकाशित

प्रधानमन्त्री प्रचण्ड मध्यरातमा आइप्याड चलाएर बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी चोरको प्रवेश भयो । चोरलाई सम्बोधन गर्दै नम्र भाषामा प्रधानमन्त्री भने- ‘अरु मेरा सामान जे लगेपनि लैजाउ तर यो आइप्याड कुनै हालतमा दिन्न ।’ चोर ठाडो भाषामा सोध्छ– ‘त्यो आइप्याडमा के छ र, मैले लैजान नपाउने ?’

प्रधानमन्त्री प्रचण्डले शान्त शैलीमा बेलिविस्तार लगाए– ‘यसमा राजनीतिक ज्ञान छ । माक्र्स, लेनिन, माओवाददेखि समाज रुपान्तरणका शूत्र छन् । मुलुकलाई आर्थिक समृद्धिमा लैजाने रोडम्याप छन् । चुनावताका पार्टीले व्यक्त गरेका संकल्प छन् ।

जनता लटपट्याउने काइदा कानुन छन् । अनन्त सत्ता हत्याउने र लम्ब्याउने रणनीति छ ।’ प्रधानमन्त्रीका कुरा सकिन नपाउँदै चोरले प्रधानमन्त्रीका गालामा तोरीको फूल देखिने गरी दुई चड्कन लगायो । अकारण हात छोडेकोमा प्रधानमन्त्रीले आपत्ति जनाए ।

जनप्रतिनिधिले चुनाव लड्नुभन्दा एउटा किसानले चर्कोसंग एक बोरा मलका लागि युद्ध गर्नुपर्छ । सरकारी स्वामित्वमा रहेको आयल निगम नामको व्यापारी संस्था छ, जसले बाजेको पालामा भएको घाटा उठाउन नातिका पालामा मनलाग्दी दरमा इन्धन बेच्छ । टुहुरो सन्तान पाल्न पोके व्यापार गरेकी सीमावर्ती क्षेत्रका महिलाबाट असुलेको पैसाबाट पुलिसको सत्य सेवा सुरक्षणमको आदर्श टिकेको छ ।

चोरले भन्यो– ‘राजनीतिक प्रतिवद्धता आइप्याडमा हैन, व्यवहारमा उतार्ने विषय हुन । यो एजेण्डामा तिमी आलाकाँचा रहेछौ, त्यसैले मैले थप्पड लगाएको हो । मलाई शिक्षा दिने गुरुले पनि मेरो मनमा नभएर कापीमै ज्ञानका कुरा लेख्थे ।

उनले सिकाएजस्तै मैले पनि ज्ञानका कुरा काममा नभएर कापीमै उतारें । त्यही भएर म चोर भएँ । कापी हेरेर ज्ञान दिने र कापीमै ज्ञानका कुरा लेखेर राख्नेहरु सबै मजस्तै चोर हुन । त्यसैले मैले चोरलाई हिर्काएको हो, प्रधानमन्त्रीलाई हैन ।’ चोरका अर्थपूर्ण तर्कले प्रधानमन्त्री प्रचण्ड निरुत्तर भए । सयौं सुरक्षाकर्मीबाट घेरिएको ठाउँबाट चोर ससम्मान विदा भयो ।

नेपाली राजनीतिमा शक्ति, सत्ताको प्रहसन यसरी नै चलिरहेको छ । जनताका आशा र आकांक्षा प्याजका पत्रजस्तै एउटा छोडाए पछि अर्कोमा केही भेटिएला भनेर खोज्दाखोज्दै अन्ततः प्याजको अस्तित्व सकिएजस्तै भ्रमका सपना उध्रिने क्रम बढ्दो छ । नयाँ वर्ष, नयाँ सरकार, नयाँ राष्ट्राध्यक्ष, नयाँ सरकार प्रमुख, नयाँ सांसदका थुप्रै अवतार अवतरण गर्दा पनि दुखका प्रकृति उस्तै छन् ।

समय र आत्माको आवाज सुनिएन भने त्यो समाज, त्यो देशका लागि यात्रुको रेल छुटे बराबर हो । आँखीझ्यालबाट विश्व चिहाउनुस त न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन, फिनल्याण्डकी सन्ना मरिन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, चिली र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की, ग्याब्रीएल बोरिक ४५ वर्ष मुनिका छन् ।

जनप्रतिनिधिले चुनाव लड्नुभन्दा एउटा किसानले चर्कोसंग एक बोरा मलका लागि युद्ध गर्नुपर्छ । सरकारी स्वामित्वमा रहेको आयल निगम नामको व्यापारी संस्था छ, जसले बाजेको पालामा भएको घाटा उठाउन नातिका पालामा मनलाग्दी दरमा इन्धन बेच्छ । टुहुरो सन्तान पाल्न पोके व्यापार गरेकी सीमावर्ती क्षेत्रका महिलाबाट असुलेको पैसाबाट पुलिसको सत्य सेवा सुरक्षणमको आदर्श टिकेको छ ।

राजश्व प्रशासन यति खतरनाक छ कि सुशासनका लागि हुने लेखापरीक्षणभित्र भ्रष्टाचारको अजंग जंगल छ । देशका अग्रपंक्तिमा काम गर्नेहरु सित्तैमा पाए अलकत्रा खाएर मट्टितेलले मुख खोकलेर नपुगी बोराले मुख पुछ्न तँछाड मछाड गर्छन । राजनीति त एउटा यस्तो खाइलाग्दो उद्योग हो, जसमा लाग्नेहरु सधैं मालामाल छन ।

जिन्दगीभर भातपानी ठेक्का लिनुस, त्यसको हिसावकिताव भेटिदैन । तर नेपालको धरामा एउटा गतिलो मदिराको बोतलले रगतभन्दा पक्की सम्बन्ध स्थापित गरिदिन्छ । रक्सीको एउटा पारखी मरेपछि स्वर्ग पुगेछ । आफूले अपेक्षा नगरेको ठाउँमा पुग्दा छक्क पर्दै यमराजलाई सोधेछ– ‘प्रभु, म जस्तो जँड्याहालाई स्वर्गजस्तो विशिष्ट ठाउँ कसरी नसिब भयो ?’ यमराज उत्तर दिँदै भनेछन– ‘फलफूल र सलादसंग सोमरस पिउँदै भातभान्सा नगरी निदाउँदा रहेछौ । त्यसलाई हाम्रो प्राविधिक टोलीले ब्रत मूल्यांकन गरेछ । तिमीलाई बधाई छ ।’ अधिकांश राजनीतिक पात्रको भाग्योदय यही जँड्याहाजस्तै हुने गरेको छ ।

गणतन्त्र र संघीयताको भीष्मपितामह ठान्ने प्रचण्डले आफूहरुले ल्याएको व्यवस्थामा अरुहरुसंग अस्तित्वको भीक्षा माग्नुपरेको छ । यो जनवाद धनवादमा विक्री गरेवापत प्रचण्डले पाएको दण्ड हो । बाघ प्रचण्ड दार्‍हा नङग्रा भुत्ते भएपछि पटक पटक बाँचेर मर्न बाध्य भएको कारुणिक दृश्य हो ।

समय र आत्माको आवाज सुनिएन भने त्यो समाज, त्यो देशका लागि यात्रुको रेल छुटे बराबर हो । आँखीझ्यालबाट विश्व चिहाउनुस त न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन, फिनल्याण्डकी सन्ना मरिन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, चिली र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की, ग्याब्रीएल बोरिक ४५ वर्ष मुनिका छन् ।

यही तालले हो भने गगन थापा, विश्वप्रकाश शर्मा पुस्ता थाहै नपाई बृद्धभत्ताको अंशियार हुनपुग्दा राजनीति परिदृश्य अहिलेकै रुपमा देखियो भने आश्चर्य नमान्दा हुन्छ । भनिन्छ– जिन्दगीमा राम्रो मानिसको खोजी नगर्नु बरु तपाईं आफैं राम्रो बन्ने कोशिस गर्नुस् , यसबाट तपाइँलाई पाएर कसैको खोजी पो पूरा हुन्छ कि ! आखिर जोसंग जति नै तिक्तता भएपनि सम्बन्ध तोड्नु विवेकपूर्ण निर्णय मानिदैन ।

पानी जति नै धमिलो भएपनि त्यसले प्यास नबुझाउला तर आगो भने अवश्य निभाउँछ । सुखले पनि सिकाउँछ, दुखले पनि सिकाउँछ । सुखका चार पाइलाले भन्दा दुखका दुई पाइलाले धेरै सिकाउँछ । गगन पुस्ता नजन्मिदै राजनीतिको महायज्ञमा चरु हालेकाहरुमा देखिएको राजनीतिक भोक आध्यात्मिक पात्र यायातिले भोगविलासका लागि आफ्नै पुत्र पुरुको जवानी पैंचो लिएभन्दा कम छैन । राजनीति के हो ?  यो उच्चतम सेवा हो । सेवाको ढोका कहिल्यै बन्द हुँदैन ।

भगवान कृष्ण, श्रीराम, गौतम बुद्ध राजनीतिको उच्चतम प्रयोगबाट देउताको कोटीमा पुगे । महात्मा गान्धी, अब्राहम लिंकन, नेल्शन मण्डेलालाई राजनीतिप्रतिको समर्पण भावले महामानवमा स्थापित गर्‍याे । हाम्रो हकमा राजनीतिक मूल्य कस्तो छ ? ठट्टा नै किन नहोस् यो सन्दर्भ प्रयुक्त छ ।

एउटा राजाले आफ्नै सालालाई मन्त्री बनाएर मौसम हेर्ने काम जिम्मा लगाए छन् । एकिदन राजाले शिकार जानुपूर्व सालालाई मौसमबारे जिज्ञासा राख्दा सवारीका लागि उपयुक्त मौसम रहेको सल्लाह दिएछन् । केही पर पुगेपछि राजाको एउटा किसानसंग जम्काभेट भएछ । किसानले आज मेघगर्जनसहित घनघोर पानी पर्ने भएकाले टाढा नजान आग्रह गरेछन् । आफ्नो सवारी बिथोल्न लागेको भन्दै राजाले किसानलाई तत्काल चार कोर्रा बर्साउन आदेश दिएछन् ।

नभन्दै जंगल टेक्नासाथ आँधीसहित वर्षा भएछ । राजाले दरबार फर्किएर साला बर्खास्त गरी किसानलाई मौसम हेर्ने विभागको जिम्मेवारी दिएछन् । किसानले आफूलाई यसबारे केही ज्ञान नभएको तर आफ्नो गधाको कान तल्तिर लत्रिएको अनुमानका आधार भविष्यवाणी गरेको बताएछ । सन्की राजाले तत्काल गधा मन्त्री र गधा मालिकलाई उसको सहायक बनाएछन् । त्यसबेलादेखि राजनीतिमा गधा बुद्धिको उपयोगिता बढेको हँस्यौली प्रचलित छ ।

गणतन्त्र र संघीयताको भीष्मपितामह ठान्ने प्रचण्डले आफूहरुले ल्याएको व्यवस्थामा अरुहरुसंग अस्तित्वको भीक्षा माग्नुपरेको छ । यो जनवाद धनवादमा विक्री गरेवापत प्रचण्डले पाएको दण्ड हो । बाघ प्रचण्ड दार्‍हा नङग्रा भुत्ते भएपछि पटक पटक बाँचेर मर्न बाध्य भएको कारुणिक दृश्य हो । केपी–पीके पार्टी विलयदेखि शेरबहादुरसम्मको दैलो ढकढकाउनुपर्ने नियतिले अझै मुक्ति पाएको छैन । प्रचण्ड चिल त हुन तर पार्टी विलय भएपछि उनी एमालेको ओथारोमा पुगे । एमालेका चल्लाहरुले घेरेपछि उनले उड्ने कला बिर्सिए ।

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट सही समय बताउँछ । तर बद्लिएको व्यवस्थाका नबदलिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन् । यी प्राइभेट लिमिटेड पार्टीका महाप्रबन्धकहरुले सहमतिको आवरणमा यस्तै तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काइरहँदा देश अस्थिपञ्जर बन्दै गइरहेको छ ।

राष्ट्रिय पार्टीको हेडसर हुनु भनेको सानोतिनो राष्ट्र बैंकको शाखाले चलाउने बराबरको आर्थिक औकात राख्नैपर्छ । नेपालमा एउटै मान्छे उम्रेदेखि खुम्रेसम्म किन पार्टीको मुखिया बन्छ भन्ने प्रश्नको उत्तर यही मनोविज्ञानसँग गाँसिएको छ ।

पहिला पहिला सरकारी बैंकहरुमा नोगजा (नोट गर्न जान्ने) एउटा पद थियो । नेपालका हरेक निकायका मुखियाले अघोषित रुपमा नोट गन्न जान्ने कारोवारी राखेका हुन्छन् । यो वा त्यो व्यवस्था र व्यक्तिको विषय नभएर यो खुल्ला सत्य हो । पुलिसको चौकी इन्चार्ज–आईजीपी, डिठ्ठा–प्रधानन्यायाधीश, वडा सदस्य–प्रधानमन्त्रीसम्म यो मामलामा कोही निरपेक्ष छैनन् । काम गर्न सजिलो या नैतिक मर्यादाका कारण नभई आफू अनुकूलको किलो गाड्न यस्ता कसरत हुने गरेका छन् ।

राष्ट्रिय पार्टीको हेडसर हुनु भनेको सानोतिनो राष्ट्र बैंकको शाखाले चलाउने बराबरको आर्थिक औकात राख्नैपर्छ । नेपालमा एउटै मान्छे उम्रेदेखि खुम्रेसम्म किन पार्टीको मुखिया बन्छ भन्ने प्रश्नको उत्तर यही मनोविज्ञानसँग गाँसिएको छ ।

विहान नेतासँग भत्ता बुझेर दिउँसो सदाचारको नारा दिने कार्यकर्ताबाट पालित पोषित लोकतन्त्र नै त हाम्रो असली परिचय हो । दाहाल, देउवा, ओली यस्ता पात्र हुन, जो आफ्नो ताज बचाउन अरबमा सौदा खेल्न सक्छन् । अरबौं हान्न सक्छन् । करोडौं बाँड्न सक्छन् । ती पार्टीका अरु नेतामा यो कौशल शून्य छ । त्यसैले रोग, भोक र शोकले जति गाँजेपनि उनीहरुको साम्राज्य एकछत्र छ ।

माधव नेपालको इतिहास बैंक जागिरेबाट शुरु भएपनि उनी कुशल म्यानेजर कम, खजाञ्ची ज्यादा देखिए । जुनसुकै पदमा पुगेपनि रामचन्द्र पौडेलको क्यालकुलेटरले हजारभन्दा माथिको हिसाब उतार्न सक्दैन ।

नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टी नेताले घोषित अघोषित सतप्रतिशत सघाएका छन् । यो महाअभियानलाई कसैले बोलेर समर्थन गरेका छन् भने कसैले मौन बसेर । जसरी फलाम आफूभित्रै निस्कने खियाबाट सखाप हुन्छ, त्यसरी नै देशलाई अधोगतितर्फ लान यहीँका गतिविधि जिम्मेवार छन् । इतिहास साक्षी छ– राजा त्रिभुवनका सेक्रेटरी गोविन्दनारायण भन्ने भारतीय नागरिक थिए । बीपीका चालक र भान्से उतैबाट खटिएका थिए ।

त्यसबेला तराईका पाठशालामा हिन्दी भाषामा पढाई हुन्थ्यो । देशभर भारतीय मुद्राको विनिमय सहज थियो । प्रत्येक मन्त्रालयमा भारतीय नागरिक सल्लाहकार थिए । प्रधानन्यायालयको स्थापना भारतीय नागरिक हरिप्रसाद प्रधानलाई प्रधानन्यायाधीश बनाएर गरिएको थियो । उत्तरी चेकपोष्ट भारतीय सुरक्षाकर्मी राखिएका थिए । प्रत्येक मन्त्रालयमा भारतीय सल्लाहकार थिए ।

अरु त अरु मन्त्रिपरिषद् बैठकमा समेत भारतीय दूतको उपस्थिति रहन्थ्यो । अहिले यी निकायमा नेपालीको प्रतिनिधित्व छ । सार्वभौम नेपाली जनताले जिताएर पठाएकाले सरकार चलाएका छन् । देश विदेश पढेका उम्दा प्रतिभाहरु राष्ट्रसेवक छन् । भाषा, साहित्य, संस्कृति समृद्ध छ । चेतनाको स्तर कोहीभन्दा कम छैन ।

तर दलालीको प्रतिशतको पारो यसरी बढेको छ कि त्यो घोषित स्थितिलाई अहिलेको अघोषित अवस्थाले लाभाले जस्तै खग्रास बनाएको छ । तिनै भारतीय भनिने हरिप्रसादले सर्वोच्च अदालतको मानमर्दन गरेको अभियोगमा डिल्लीरमण रेग्मीजस्ता राजनीतिज्ञलाई ६ महिनाको जेल सजाय सुनाएका थिए । चार पासेले ढपक्कै ढाकेको प्रधान न्यायालयमा कानुनमा स्नातक नगरेकालाई अयोग्य करार गरी न्यायालयको प्राज्ञिक मर्यादा माथि उठाए ।

न्यायालयमा रोपिएको विषवृक्षमा फलेको फलले विरुवा हुर्काउने नर्सरीवालाहरु नै शिकार बन्ने निश्चित छ । त्यो बेला निलकण्ठ विष आपूmले खाएर कल्याण गर्ने महादेव यो धरामा निस्कने छैनन् ।

विवाहित छोरी सन्तान नठान्ने कानुन खरानी बनाएर छोरीलाई अपुताली सम्पतिको हकवाला बनाए । सात दशकअघि न्यायालयमा गरिएका यस्ता सुधार कसैका लागि अनुकरणीय भएन । बरु कानले हेरेर न्याय दिने सम्वेदनशील ठाउँका न्यायमूर्तिहरुको नियुक्तिको मापदण्ड पावर, पैसा र राजनीतिक प्रभावलाई बनाइयो ।

न्यायालयमा रोपिएको विषवृक्षमा फलेको फलले विरुवा हुर्काउने नर्सरीवालाहरु नै शिकार बन्ने निश्चित छ । त्यो बेला निलकण्ठ विष आपूmले खाएर कल्याण गर्ने महादेव यो धरामा निस्कने छैनन् ।

चिनिया उखान भन्छ– ‘शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ, शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ, शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ, शिक्षक सुत्यो भने अन्ततः विद्यार्थी मर्छ ।’ आखिर संसारका कुनै पनि शिक्षकले लैजाने दैलोसम्म हो, बाँकी यात्रा आफैंले तय गर्नुपर्छ ।

यति हुँदाहुँदै पनि सिकाउने कि पढाउने भन्ने विषय महत्वपूर्ण हुन्छ । यो धरामा दुई खाले मान्छे मात्रै उत्कृष्ट छन, पहिलो जो मरे दोस्रो जो जन्मन बाँकी छन् । अन्य मानिस गुण र दोषको सम्मिश्रण हो ।

मसी नामको तरल पदार्थले लेख्छ तर त्यही तरल पानीले पानीमा पानी लेख्न सम्भव छैन । आँखाले आँखा देख्दैन तर एउटाले आँसु झार्दा अर्कोले रोक्न सक्दैन । पैसाले किन्ने त लोभ हो, मन जित्न त अहिले पनि विश्वास नै चाहिन्छ ।