Aafno Khabar

पारिश्रमिक लिनेहरूले नै गीतलाई बेवास्ता गरेपछि दुखि छन हेमन्त,कस्ले गरेन गीत शेयर ?

  • September 2, 2025 प्रकाशित

काठमाण्डौ । ठूलो पारिश्रमिक लिएर गीतमा संलग्न हुने कलाकारहरूले नै प्रचारप्रसारमा सहयोग नगर्ने प्रवृत्ति नेपाली सांगीतिक क्षेत्रमा फैलिँदो छ। लगानी अनुसारको प्रतिफल नआउने यो क्षेत्रमा लगानी भने बालुवामा पानी खन्याएजस्तो भइरहेको छ। जनतन यो क्षेत्र धानेको अवस्थामा गीत–संगीतमा लाग्नेहरूले आफ्नै कामप्रति बेवास्ता गर्दा लगानीकर्ताहरू निराश हुने गरेका छन्।

यसैबीच हालै मात्र सार्वजनिक भएको गीत ‘तील पेलेर तेल’ का सर्जक हेमन्त खड्काले पनि सामाजिक सञ्जालमार्फत गीतलाई सक्दो सहयोग नगरेको गुनासो गरेका छन्। गीतलाइ कसैले पनि आवश्यक सहयोग नगरेको उनको भनाइ छ।

हेमन्त खड्काले लय तथा शब्द सिर्जना गरेर ‘तील पेलेर तेल’ नामक नयाँ गीत सार्वजनिक गरेका हुन्। उक्त गीतलाई माया–प्रेमको परिधिभित्र रहेर सिर्जना गरिएको बताइएको छ।

प्रेम थापाको निर्देशनमा तयार भएको गीतमा यसु भट्टराई र कृष्ण आचार्यको अभिनय देख्न सकिन्छ। गीतलाई हेमन्त खड्काको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।