Aafno Khabar
add khanepani

एसईईको नतिजा सार्वजनिक, यस्तो छ प्रदेशगत नतिजा

  • आफ्नो खबर
  • July 27, 2022 प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ ।

२.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् ।

यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए । गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीले भाग लिएका थिए ।

यस्तो छ प्रदेशगत नतिजा

एसईई परीक्षामा प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४९१ परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल उत्तीर्ण प्रतिशतको आधारमा प्रदेश १ बाट १७.४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । विभिन्न जीपीए ल्याएर सो संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् ।

यस्तै मधेस प्रदेशबाट ७६ हजार ८४७ जना परीक्षार्थी उत्तीर्ण हुँदा बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४२५ जना उत्तीर्ण भएका छन् ।

बागमतीको उत्तीर्ण प्रतिशत २१.६७ रहेको छ। यसैगरी गण्डकी प्रदेशबाट ४६ हजार १२९, लुम्बिनी प्रदेशबाट ४६ हजार ४८७, कर्णालीबाट ३७ हजार ३६२ र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना उत्तीर्ण भएका छन् । सबै प्रदेशबाट ४ लाख ९५ हजार ७५१ जना उत्तीर्ण भएकोको नतिजा निकालिएको छ ।

यसरी हेर्नुहोस नतिजा

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ । नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी परीक्षा नियन्त्रक कार्यालयले दिएको छ ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।