Aafno Khabar

जजिराकाे विमान भैरहवामा अवतरणकाे क्रममा चरासँग ठाेकियाे

  • आफ्नो खबर
  • May 23, 2022 प्रकाशित

भैरहवा । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमान यात्रु ओरालेर एप्रोनमा छ ।  १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरसातमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो । विमान अवतरण गरेपछि चरा सँग ठोकिएको थियो ।

गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । ‘पाईलटहरुले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन ।

तर, रनवेमा देखिनु पर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै ईन्जिनमा त गएन भनेर जहाज यहि होल्ड भएको छ ।’एयरलाइन्सका ईन्जिनियरले विमान चेकजाँच गरेर मात्रै उडान गरिने भएको छ । २ जेठदेखि गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।