Aafno Khabar

देशैभरका उपमहानगरपालिकाकाे पछिल्लाे मतपरिणाम यस्ताे छ

  • आफ्नो खबर
  • May 18, 2022 प्रकाशित

काठमाडौं । देशका ११ वटा उपमहानगरपालिकामा अहिले मतगणना जारी छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले ७ ठाउँमा अग्रता लिएका छन् ।

हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीकी मीना लामाले १० हजार ४ सय १० मत प्राप्त राप्रपाका दीपक सिंहले ९ हजार ९ सय २२ मत ल्याउँदा गर्नुभएको छ । यस्तै एमालेका ढअनन्त पौडेलले ९ हजार २५ मत पाउनुभएको छ ।

सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले १३ हजार ७ सय ७९ मत ल्याउँदा एमालेका यामकुमार सुब्बाले ११ हजार ५ सय ६५ मत पाउनुभएको छ ।

सुनसरीकै धरानमा कांग्रेसका किशोर राई ७ हजार ७ सय १७ मतका साथ अग्र स्थानमा रहँदा स्वतन्त्र उम्मेदवार हर्कराज राईले ७ हजार ४ सय ६१ मत पाउनु भएको छ ।

कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १० हजार ८ सय २५ मतका साथ शिर्ष स्थानमा रहँदा कांग्रेसका नृप वड ५ हजार १ सय ६६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

बाँकेको नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्टले १३ हजार ५ सय ४७ मतका साथ अग्रता लिंदा एमालेका पशुपती दयाल मिश्र ६ हजार ३ सय ९७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

बाराको कलैयामा एमालेका विनोदप्रसाद साह ११ हजार ७ सय ५२ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने कांग्रेसका राजेश राय यादव ७ हजार ६ सय ८८ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

बाराकै जितपुर सिमरामा माओवादीका राजन पौडेल १७ हजार ९३ मतका साथ अग्र स्थानमा रहँदा एमालेकी सरस्वतीदेवी चौधरी १५ हजार ४ सय ३६ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

रुपन्देहीको बुटवलमा कांग्रेसका खेलराज पाण्डेले १३ हजार ६ सय ३० मत ल्याउँदा एमालेका बाबुराम भट्टराई ९ हजार ८० मतसहित दोस्रोमा हुनुहुन्छ ।

दाङको घोराहीमा एमालेका नरुलाल चौधरीले २५ हजार २ सय ५९ मत ल्याउँदा माओवादीका हेमराज शर्मा २० हजार ५ सय २४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

दाङको तुलसीपुरमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका गेहेन्द्र गिरीले ४६२ मत ल्याउँदा एमालेका टिकाराम खड्काले ४५४ मत ल्याएका छन् ।

यसैगरि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोकुमार साह सुडी ३ हजार ९ सय ५६ मतसहित पहिलो स्थानमा रहँदा एमालेका शिवशंकर साह २ हजार ८६ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।