काठमाडौं । देशका ११ मध्ये १० वटा उपमहानगरपालिकामा अहिले मतगणना जारी छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले ६ ठाउँमा अग्रता लिएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा एकीकृत समाजवादीकी मीना लामाले ८ हजार ८ सय ४५ मत प्राप्त राप्रपाका दीपक सिंहले ८ हजार ७ सय ९० मत ल्याउँदा गर्नुभएको छ । यस्तै एमालेका अनन्त पौडेलले ७ हजार ६ सय १० मत पाउनुभएको छ ।
सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले १० हजार १ सय २ मत ल्याउँदा एमालेका यामकुमार सुब्बाले ८ हजार ५९ मत पाउनुभएको छ । सुनसरीकै धरानमा कांग्रेसका किशोर राई ६ हजार २ सय ७१ मतका साथ अग्र स्थानमा रहँदा एमाले उम्मेदवार मञ्जु भण्डारीले ५ हजार ६ सय ३१ मत पाउनु भएको छ ।
कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ७ हजार ८ सय १६ मतका साथ शिर्ष स्थानमा रहँदा कांग्रेसका नृप वड ३ हजार ८ सय ७१ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
बाँकेको नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्टले १२ हजार ८ सय ६ मतका साथ अग्रता लिंदा एमालेका पशुपती दयाल मिश्र ६ हजार १४ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
बाराको कलैयामा एमालेका विनोदप्रसाद साह ७ हजार ३ सय मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने कांग्रेसका राजेश राय यादव ४ हजार ५ सय ५३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । बाराकै जितपुर सिमरामा माओवादीका राजन पौडेल १३ हजार ७ सय ७१ मतका साथ अग्र स्थानमा रहँदा एमालेकी सरस्वतीदेवी चौधरी १२ हजार ७ सय १२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
रुपन्देहीको बुटवलमा कांग्रेसका खेलराज पाण्डेले ११ हजार ९ सय ८६ मत ल्याउँदा एमालेका बाबुराम भट्टराई ७ हजार ८ सय ८९ मतसहित दोस्रोमा हुनुहुन्छ । दाङको घोराहीमा एमालेका नरुलाल चौधरीले १८ हजार १ सय २६ मत ल्याउँदा माओवादीका हेमराज शर्मा १४ हजार ५ सय २ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
यसैगरि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोकुमार साह सुडी ३ हजार ५ सय १० मतसहित पहिलो स्थानमा रहँदा एमालेका शिवशंकर साह १ हजार ६ सय १ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।