Aafno Khabar

भरतपुरमा रेनुको अग्रता फराकिलो, विजय ३७३ मतले पछि

  • आफ्नो खबर
  • May 17, 2022 प्रकाशित

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले ३७३ मतको अग्रता लिएकी छन् । २१६८० मत गणना हुँदा माओवादी केन्द्रकी दाहालले ७४७१ मत ल्याएकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ७०९८ मत ल्याएका छन् । उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले एकलौटी अग्रता बनाएका छन् । उनले ९०३२ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५८६९ मत ल्याएकी छन् ।

हालसम्म भरतपुरका १ देखि ५ सम्म वडाको मतगणना सकिएको छ । ५ नम्बरको वडाध्यक्षमा गठबन्धनका उम्मेदवार २०७२ मतले विजयी भएका छन् ।

देशैभरका महानगरको पछिल्लो अपडेट

स्थानीय निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ ।

पछिल्लो परिणाम अनुसार बालेन शाहले १२ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले ६ हजार ८ सय ८५ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ६ हजार १ सय ९ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमालेकी सुनिता डंगोल निकटतम प्रतिस्पर्धीभन्दा निकै अगाडि हुनुहुन्छ ।

यसैगरी, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिनुभएको छ ।

उहाँले ८ हजार ५ सय ३४ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ हजार ७ सय ८५ मत प्राप्त गर्नुभएको छ । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राख्नु भएको छ ।

अहिलेसम्म उहाँले १९ हजार ३ सय ६३ मत प्राप्त गर्दा एमालेका सागर थापाले ७ हजार ८ सय ८२ मत पाउनु भएको छ ।

यसैगरी, पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ११ हजार ८ सय १२ मत प्राप्त गर्दा एमालेका कृष्णबहादुर थापाले १० हजार ६२ मत पाउनु भएको छ ।

वीरगन्ज महानगरमा गठबन्धनबाट उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले ९ हजार ५ सय मत प्राप्त गर्दा एमालेका विजयकुमार सरावगीले ४ हजार २ सय ९० मत ल्याउनुभएको छ ।

सम्बन्धित शीर्षकहरु