चितवन । चितवनको भरतपुर महानगरपालिकामा फेरी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।
महानगरमा गठबन्धन तर्फकी उम्मेदवार रेणु दाहालले ३ मतको अग्रता लिएकी हुन् । ८ हजार ८५ मतगणना हुँदा उनले २९१८ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १९१५ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् ।
चितवनको वडा नम्बर १ र २ को गणना सकिदा दाहाल र सुवेदीबीच रोचक भिडन्त देखिएको छ । तर, उपमेयर भिडन्तमा भने कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले एकलौटी रुपमा अग्रता बनाएका छन् ।
अधिकारीको ३०७६ मत हुँदा राप्रपा उम्मेदवार २२३८ रहेको छ । भरतपुरको मतगणना सकिएका दुबै वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
यता, बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने पुरानै व्यक्ति दोहोरिएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै बिना भट्ट विजय भएका हुन् ।
आज सम्पन्न अन्तीम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३सय मतान्तरले विजयी भएका छन् । उनले ३हजार ७सय ८२ मत ल्याउदा गठबन्धनका कांग्रेस उम्मेदवार रमेश भण्डारीले २हजार ४सय ८८मत ल्याएकाछन् ।
उपाध्यक्षमा एमालेकै बिना भट्टले ३हजार ६४ मत ल्याउदा गठबन्धनका उम्मेदवार नेकपा९एकिकृत समाजवादी०का राजेन्द्र चन्दले २हजार ५सय मत प्राप्त गरेका छन् ।
पञ्चेश्वर गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की विजयी भएका छन् भने, वडा नं. २ मा माओवादी केन्द्रकै वीर बहादुर चन्द विजयी भएका छन् ।
वडा नं ३ मा नेकपा एमालेका मिन बहादुर चन्द बिजयी भएकाछन् । वडा नं ५ मा नेपाली कांग्रेसका नरेश चन्द ४४७ मत लिएर बिजयी हुदाँ वडा नं. ६ मा एमालेका राम सिंह पुजारा विजयी हुनुभएको छ छन् । वडा न. ६मा नेकपा एमालेका जनक बहादुर चन्द विजयी भएकाछन् ।
पञ्चेश्वरमा सत्ता साझेदार दलहरुले गठबन्धन गर्दा एमाले एक्लै चुनाव लडेको हो ।