Aafno Khabar

ओलीको गृहनगरमा राप्रपा उम्मेदवारको अग्रता

  • आफ्नो खबर
  • May 15, 2022 प्रकाशित

झापा । एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयरमा गठबन्धनका राम थापाले अग्रता बनाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का थापाले ३७ सय २९ मतसहित अग्रता कायम राखेका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले ३२ सय ७२ मत ल्याएकी छन्।

उपमेयरमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी रेगिना भट्टराईले अग्रता कायम राखेकी छिन्। उनले ३१ सय ३९ मत ल्याउँदा एमालेका अम्बिकाप्रसाद खनालले २९ सय २ मत प्राप्त गरेका छन्।

दमक पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो। यहाँ ६ दलीय गठबन्धनबीच चुनावी तालमेल रहेको छ। यसअघि दमकमा एमालेका रामनाथ ओली मेयरमा विजयी भएका थिए।

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार मान बहादुर बुढाथोकी ४ हजार ५८ मत सहित अध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार ४ हजार १२ मत पाएका छन् । एमालेका लाल बहादुर रावत उपाध्यक्षमा विजयी भएका छन् ।