बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर विक प्यानल सहित विजयी भएका छन् । विकले २ हजार २८५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै, गाउ्रँपालिका उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भिमबहादुर रोका विजयी भएका छन् । रोकाले ३ हजार ४ सय ३ मत प्राप्त गरेका छन् ।
गाउँपालिकाको ५ वटै वडाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा यमबहादुर श्रीष, २ को अध्यक्षमा भद्र घर्ती, ३ को अध्यक्षमा कर्णबहादुर भण्डारी, ४ को अध्यक्षमा जितबहादुर खत्री र ५ नम्बर वडाको अध्यक्षमा मनबहादुर खत्री विजयी भएका छन् ।
सिरहाको अर्नमा गाउँपालिका- १ मा माओवादी केन्द्रका गफार मियाँ वडाध्यक्षमा निर्वाचित भएका छन् । मियाँ ९ सय १० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मुस्ताक अन्सारीले ८ सय ४२ मत प्राप्त गरे । मियाँ ७४ को निर्वाचनमा पनि वडा अध्यामा निर्वाचित भएका थिए ।