Aafno Khabar

कांग्रेसले जित्यो ७ पालिका २६८ मा अग्रता, एमालेको १६७ र माओवादीको १०५ मा अग्रता

  • आफ्नो खबर
  • May 15, 2022 प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतगणना देशैभर चलिरहेको छ । हालसम्म १८ पालिकाको अन्तिम परिणाम पनि आएको छ ।

हालसम्को परिणामले नेपाली कांग्रेसलाई पहिलो पार्टी बन्न सक्ने देखाएको छ । कांग्रेसले परिणाम आएका मध्य ७ पालिका प्रमुखमा जित हासिल गर्दा ७ पालिका उपप्रमुखमा नै जितेको छ । कांग्रेसले देशैभरका २६८ पालिकामा अग्रता कायम गरको छ ।

कांग्रेसलाई पछ्याएको नेकपा एमालेले पनि ७ पालिका प्रमुख र उपप्रमुख जित्दा १६७ पालिकामा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले २ पालिका प्रमुख जितेको छ भने १०५ पालिकामा अग्रता बनाएको छ । नेकपा एकीकृत समाजवादी २ पालिकामा विजयी हुँदा १३ पालिकामा अग्रता बनाएको छ ।

बर्दिबासमा गठबन्धनका बागी विजयी

बर्दिबास नगरपालिका-७ काे वडाध्यक्षमा सत्ता गठबन्धनका बागी उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनाबाट माओवादी केन्द्रले टिकट पाएपछि कांग्रेसबाट बागी बनेका सोगारथ यादव १ मतान्तरले विजयी भएका हुन् ।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार यादवले ७२७ मत ल्याउँदा माओवादी केन्द्रका सुरेन्द्र सिंहले ७२६ मत पाए ।

अन्य वडाकाे मतगणना जारी छ । प्रारम्भिक विवरण अनुसार मेयरमा कांग्रेसका अर्का बागी प्रल्हाद क्षेत्री १ हजार ५५४ मतसहित अगाडि छन् ।

बुटवलमा फराकिलाे मतान्तर बनाउदै गठबन्धन

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ । सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेयले २ हजार २१४ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनलाई एमालेका बाबुराम भट्टराईले १ हजार ३१२ मतले पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेकी साबित्रादेवी अर्यालले १ हजार ४८२ मत ल्याएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १ हजार २८१ मत पाएका छन् । मतगणना जारी छ ।