पर्वत । पर्वतको कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता दोब्बर बनाएका छन् ।
नेकपा एमालेका उम्मेदवार गणेश पौडेललाई जोशीले दोब्बर मतले उछिनेका छन् । कुश्मा नगरपालिकाको एक नम्बर वडाको मतगणना चलिरहँदा जोशीले १८६ मत ल्याएका छन् भने पौडेलले ९० मत मात्र ल्याएका छन् ।
कुश्मा नगरपालिकाको उपप्रमुखमा भने एमालेकी उम्मेदवार स्वस्थानी रिजालको अग्रता छ । उनले १४४ मत ल्याउँदा माओवादी केन्द्रका शंकर गिरीले ११० मत ल्याएका छन् ।
१४ वडा रहेको कुश्मा नगरपालिकामा ३१,३३१ मतदाता रहेका छन्र । जसमध्य २० हजार ६ सय ८१ मत खसेको थियो ।
पर्वत जिल्लामा दुई नगरपालिका सहित सात वटा स्थानीय तह रहेका छन् । सातै स्थानीय तहमा अहिले मतगणना भइरहेको छ ।