Aafno Khabar

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु

  • आफ्नो खबर
  • April 21, 2022 प्रकाशित

ललितपुर । ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उद्दार गरी अस्पताल पुर्‍याइएको छ।

‘अक्सिजन भर्ने क्रममा विष्फोट भएको बताइएको छ । मृतक भारतीय नागरिक रहेको प्रहरीको भनाई छ ।

प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहका अनुसार मृतक भारतको चम्पारन घर भई कम्पनीमा काम गर्दै आएका वृज महतो रहेका छन्।

घाइतेको उपचारको लागि पाटन अस्पताल लगिएको छ। घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक शाहले बताए।