काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ ।
आजको कार्यव्यवस्थाको बैठकमा पनि एमाले सहभागी नहुने जनाएको छ । पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधिसभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने बताए ।