एक महिनाको अवधिमा हिरोका बाइक–स्कुटरको बिक्री २१ प्रतिशतले घटेको जनाएको छ । हिरो मोटोकर्पले एक महिनामा करिव ४ लाख दुई पांग्रे सवारीको बिक्री गरेको छ। भारतीय अटोमोबाइल निर्माता कम्पनी हिरो मोटोकर्पले सन् २०२२ को जनवरीभर ३ लाख ८० हजार ४ सय ७६ वटा बाइक तथा स्कुटर बिक्री गरेको हो।
यो संख्या गत वर्षको सोही महिनाको तुलनमा २१.६९ प्रतिशतले घटी हो। कम्पनीले सन् २०२१को जनवरीमा ४ लाख ८५ हजार ९ सय ८९ वटा दुई पांग्रे बिक्री गरेको अटो हिन्दुस्तानले जनाएको छ।
कोरोना महामारीको तेस्रो लहर, त्यसले निम्त्याएको लकडाउन र प्रतिबन्धहरूका कारण समग्र बिक्रीदरमा असर देखिएको हो। प्रतिबन्ध कै कारण सवारीको निर्यातमा पनि असर देखिएको हो,ु कम्पनीले गत महिनाको बिक्रीदर तथ्यांक सार्वजनिक गर्दै भनेको छ।
कम्पनीका अनुसार जनवरीमा कुल ३ लाख ५७ हजार ८ सय ४५ वटा बाइक बिक्री भयो भने २२ हजार ६ सय ३१ वटा स्कुटर बिक्री भएको थियो।
तथ्यांकअनुसार भारतमा मात्रै कम्पनीले गत महिना ३ लाख ५८ हजार ६६० वटा दुई पांग्रे बिक्री गर्यो। सन् २०२१ को जनवरीमा भने कम्पनीले भारतीय बजारमा मात्रै कुल ४ लाख ६७ हजार ७ सय ७६ वटा दुई पांग्रे बिक्री गरेको थियो।
हिरो मोटोकर्पले आर्थिक वर्ष २०२१(२०२२ को हिसाबमा भने हालसम्म ४१ लाख ४५ हजार ७ सय ४२ वटा दुई पांग्रे बिक्री गरेको छ। जसमध्ये ३८ लाख ६३ हजार ५ सय ९० वटा बाइक रहेको छ भने बाकीँ २ लाख ७२ हजार १ सय ५२ वटा स्कुटर रहेको छ।
कम्पनीका अनुसार यतिबेला यसले आफ्नो बिक्रीदर बढाउनमा जोड दिदैँछ। साथै, सवारीको निर्यातमा पनि प्राथमिकता दिदैँछ।