Aafno Khabar

एमाले भन्छ सरकारले गम्भीर भएर छलफल गरेन

  • आफ्नो खबर
  • December 19, 2021 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

प्रधानमन्त्री देउवाले संसदको अवरोध खुलाउने र एमसीसी अघि बढाउने लगायतका विषयमा छलफल गर्न आइतबार अपरान्ह चार बजे सर्वदलीय बैठक बोलाएका छन् ।

तर, नेकपा एमालेले भने सर्वदलीय बैठकका नाममा औपचारिकता मात्रै पुरा गरेकाले उक्त बैठकमा सहभागी हुनुको कुनै अर्थ नभएकाले सहभागी नहुने जनाएको छ । नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका उपाध्यक्ष सुवास नेम्वाङले औपचारिकता मात्रै पुरा गर्नेगरी बोलाएको बैठकमा सहभागी हुनुको कुनै अर्थ नभएको बताए ।

उनले सरकारले आफ्नो पार्टीसँग गम्भीर भएर कुनैपनि छलफल नगरेको समेत बताए । नेकपा एमालेले गत भदौ २३ गते यता लगातार संसद बैठक अवरोध गर्दै आएको छ । यसैबीच ४ बजेको सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक समेत बोलाइएको छ ।