काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ ।
मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको छ । दोस्रो चरणको निर्वाचनमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेको कांग्रेसले जनाएको छ ।
पहिलो चरणमा भएको निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइराला भिडिरहेका छन् ।
खसेको मत मध्य जुन उम्मेदवारले २२८२ मत ल्याउँछ त्यो उम्मेदवार कांग्रेसको सभापतिमा निर्वाचित हुनेछ ।