Aafno Khabar

देउवाले भने-राजनीतिबाट टाढा नबस्नुस, पौडेलको जवाफ: पार्टीलाई विधि अनुसार चल्न दिनुस

  • आफ्नो खबर
  • December 12, 2021 प्रकाशित

फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहराटार गएका छन् ।

१४ औं महाधिवेशन जारी रहेकै बेला कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका पौडेललाई भेट्न देउवा उहाँको निवास गएका हुन् । जारी महाधिवेशनमा संस्थापन इतर समुहबाट साझा उम्मेदवार तय गर्न नसकेपछि पौडेलले कांग्रेस नेतृत्वबाट बाहिर रहने घोषणा गरेका थिए ।

पौडेलको सो घोषणाले पार्टीमा निष्ठाको राजनीति गर्नेलाई भूमिका बिहीन बनाउन नहुने तर्क हुन थालेको छ । राजनीति बाट टाढा बस्ने संकेत गरेका पौडेललाई देउवाले भेटेर त्यसो नगर्न सुझाएका छन् ।

देउवाले पार्टीमा सम्मानजनक ढंगले राखिने भन्दै पार्टीको भूमिका बाहिर बस्ने निर्णयमा नपुग्न आग्रह गरेको बुझिएको छ ।

भेटमा नेता पौडेलले पार्टीमा अस्वस्थ प्रतिस्पर्धा भएका कारण आफू नेतृत्वमा नबस्ने घोषणा गरेको भन्दै पार्टीलाई विधि र बिधानमा चलाउन सुझाव दिएका थिए । देउवा कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार हुन् ।