Aafno Khabar

काेराेना संक्रमणबाट ज्यान गुमाउने कुन उमेर समूहका कति ?

  • आफ्नो खबर
  • August 21, 2021 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

काठमाडाैं । नेपालमा हालसम्म काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १० हजार ४८५ पुगेको छ । शनिबार थप ३० जनाले ज्यान गुमाएका हुन् ।

नेपालमा संक्रमितमध्ये ज्यान गुमाउने सबभन्दा बढी ६० वर्ष माथिका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्ष माथिका ५ हजार ६२९ कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी, ९ वर्षसम्म उमेर समूहका ४५, १० देखि १९ वर्षका ५२, २० देखि २९ वर्षका ३२९, ३० देखि ३९ वर्ष उमेर समूहका ८६६ कोरोना संक्रमितको ज्यान गएकाे छ ।

४० देखि ४९ वर्षसम्मका एक हजार ४९४, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार ६३ र अज्ञात ७ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्ताे छ शनिबारकाे काेराेना अपडेट :