काठमाडाैं । देशभर थप २२ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
यही अवधिमा थप ३३ जनाको ज्यान गएकाे छ । १८ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं उपत्यकामा थप ७३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५ सय २२, ललितपुरमा एक सय ५४ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् ।
अहिले उपत्यकामा ११ हजार ७८६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लाे समय निषेधाज्ञामा कडाइ कम गरिएपछि संक्रमणदर बढीरहेकाे छ ।