एजेन्सी । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घण्टामा बढेको छ । कोरोना भाइरसको चौथो लहर आएको भनिएको दक्षिण काेरियामा शुक्रबार एक हजार ९९० जनामा कोरोनाको थप सङ्क्रमण देखिएकाे हाे । पछिल्लाे साता यहाँ काेराेनाका बिरामी बढीरहेका छन् ।
दक्षिण काेरियामा सङ्क्रमितहरुको सङ्ख्या २ लाख २० हजार जनाभन्दा बढी पुगेको बताइएको छ । पछिल्लो हप्तामा यहाँ कम्तीमा पनि एक हजार ६०० जनामा सङ्क्रमण देखिएकाे छ । स्वास्थ्य अधिकारीहरुका अनुसार अधिकांश विदेशबाट आएका व्यक्तिमा काेराेना पाइएको हाे ।
दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमण रोक्न विदेशका अरू देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
दक्षिण कोरियाको सरकारले खोप लगाउने काम पनि प्राथमिकतामा राखेको जनाएको छ । यहाँ मृत्युदर भने कम रहेको छ । यहाँ अहिलेसम्म यो भाइरसबाट २ हजार १४४ जनाको ज्यान गएको छ ।