Aafno Khabar

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

  • आफ्नो खबर
  • August 6, 2021 प्रकाशित

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ ।

कोरोना संक्रमण फैलिरहेकाे अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

उनले ट्वीटरमार्फत भनेका छन्, ‘कोभिड–१९ संक्रमण फैलँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु ।’

साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारी तयारी भएकाे थियाे । अहिले सामाजिक सञ्जालमा परीक्षा स्थगित गर्न दवाब बढीरहेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन बताइरहेकाे थियाे ।