Aafno Khabar

यूएईका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खाेप लगाइने

  • आफ्नो खबर
  • August 4, 2021 प्रकाशित

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खाेप लगाइने भएकाे छ । यूएईमा बालबालिकाका लागि चिनियाँ खोप लगाइने भएको गल्फन्यूजले समाचार प्रकाशित गरेकाे छ ।

यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएकाे छ । तीनदेखि १७ वर्षसम्मका बालबालिकालाई सिनोफार्म खोप लगाउन लागिएकाे हाे ।

खोपका बारेमा गरिएको चिकीत्सकीय परीक्षणबाट प्राप्त नतिजाका आधारमा बालबालिकालाई पनि खोप लगाउन सकिने निष्कर्ष निकालिएको अधिकारीहरूले जनाएका छन् । चीनमा विकास गरिएको र विश्वका धेरै देशमा प्रयोग भइरहेको सिनोफार्म खोप यूएईमा पनि उत्पादन गर्न थालिएको छ ।

बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन अरू देशहरूले आँट नगरिरहेका बेला यूएईले गरेको निर्णयबाट धेरैलाई खुसी बनाएकाे छ ।