Aafno Khabar

मनसुन थप सक्रिय, यस्ताे छ पूर्वानुमान

  • आफ्नो खबर
  • August 1, 2021 प्रकाशित

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशका केही स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबारसम्म प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा मनसुन थप सक्रिय भएको माैसमविद्हरुले बताएका छन् ।

भारी वर्षापछि पहाडी भू-भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

यस्ताे छ माैसम पूर्वानुमान :

सोमबार

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।