काठमाडौं । शनिबार राति मेलम्ची खोलामा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको छ ।
मध्यरातमा मेलम्ची खोलामा आएको बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा घरको भवन पनि बगाएको छ । राति आएको बाढीले धार परिवर्तन गरेर खोला छेउछाउका घर बगाउनुका साथै प्रहरी चौकीको भवन र रेडियो मेलम्चीको भवन बगाएको स्थानीयले जानकारी दिए ।
यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुुक्षेत्रका बस्तीसहित मेलम्ची बजार बगरमा परिणत भएकाे थियाे । बाढीका कारण ५ जनाले ज्यान गुमाएका थिए भने १५ जना अझै हराइरहेका छन् । मध्यराती आएको बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
बाढीपहिरो पीडितहरु सामान्य अवस्थामा फर्किरहेकाे बेलामा फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघि बाढी आएकाे स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।