Aafno Khabar

बिहीबारदेखि उपत्यकामा ५० वर्ष माथिकालाई भेरोसेल खोप लगाइने

  • आफ्नो खबर
  • July 28, 2021 प्रकाशित

काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान सञ्चालन हुने भएकाे छ ।

काठमाडौं महानगरपालिकाका ३२ वडा पिच्छे खोप केन्द्र रहनेछन् भने अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकेको छ । जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु छन् ।

५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप लगाइने छ ।

अहिलेसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको छ। भारतबाट थप कोभिशिल्ड खोप नआउँदा दोस्रो डोज लगाउन सकिएको छैन ।

चीनले यसअघि १८ लाख डोज भेराेसेल खोप दिएको थियो भने थप १६ लाख डोज अनुदानमा दिने भएको छ । त्यस्तै, चीनबाट सरकारले ४० लाख डोज खोप खरीद गरेको छ । अहिले देशभर प्राथमिकतामा परेका उमेर समूहमा खोप अभियान सञ्चालन भइरहेको छ ।