काठमाडाैं । नेपालमा फेरि काेराेना संक्रमितकाे ग्राफ बढ्न थालेकाे छ । सोमबार डेढ महिनायताकै बढी संक्रमित थपिएका छन् ।
सोमबार मात्रै थप ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४० नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३९१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ३२ गर्दा १०३० मा संक्रमण देखिएको छ ।
कुल १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । जेठ २५ गते ५१५३ संक्रमित थपिए पनि त्यसपछि भने संक्रमित भने औसत ३ हजारमा झरेको थियो ।
साेमबार थप २५ जनाको संक्रमणका कारण ज्यान गएकाे मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना कोरोनाबाट मुक्त भएका छन् ।