काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ ।
भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ ।
यसैगरी, शुक्रबार दिउँसोको मौसम पूर्वानुमानका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राति देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।