Aafno Khabar

नेपालमा काेराेना संक्रमणदर बढ्दाे, २४ घण्टामा कति थपिए ? 

  • आफ्नो खबर
  • July 22, 2021 प्रकाशित

काठमाडाैं । नेपालमा थप २७ सयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १२ हजार ८२९ जनाको परीक्षण गर्दा २ हजार ७१४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नेपालमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ ।

जसमध्ये ६ लाख ३७ हजार ६९० जना संक्रमण मुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार २८८ जना निको भएका छन् । यस्तै, २४ जना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ६६१ पुगको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर निषेधाज्ञा खुकुलो भएपछि सङ्क्रमण दर बढ्दै गएको भन्दै तेस्रो लहर आउनसक्ने चेतावनी दिएका हुन् ।

उनले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घ–संस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरेका छन् ।