Aafno Khabar

आइतबार पनि यी स्थानमा भारी वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • July 18, 2021 प्रकाशित

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको र देशभर सामान्य देखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा पानी परिरहेको छ । आगामी २४ घण्टा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश १ का केही स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेकाले सम्भावित दुर्घटनाबाट सर्तक हुनका लागि महाशाखाले अनुरोध गरेको छ ।

भारी वर्षाको कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

सोमबार र मंगलबार पनि मौसम सामान्यदेखि पूर्ण बदली रही भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।