Aafno Khabar

२८ प्रतिशतसम्म बढ्याे सार्वजनिक यातायातको भाडादर

  • आफ्नो खबर
  • July 14, 2021 प्रकाशित

काठमाडाैं । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालबाहक सवारी साधनको भाडादर बढाएको छ ।

यातायात व्यवस्था विभागले बुधवार सूचना जारी गरी यात्रुवाहक सवारीको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि भएको जानकारी दिएको हो ।

भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि यथावत राखी इन्धनलाई मात्रा आधार मानी भाडा समायोजन गरिएको विभागले जारी गरेको सूचनामा जनाइएको छ ।

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको बताएको छ । नयाँ भाडादर असार २९ गतेबाट लागू गरिएको विभागले जनाएको छ ।

यस्तो छ सूचना :