Aafno Khabar

थप २९७९ जनामा संक्रमण पुष्टि, २८ जनाले गुमाए ज्यान

  • आफ्नो खबर
  • July 7, 2021 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जना कोभिड-१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा ११ हजार ८९८ नमुना परीक्षण गरिएको छ ।

जसमध्ये ७ हजार ८३५ आरटी-पीसीआर परीक्षण गर्दा दुई हजार ७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३ जनाको एन्टिजेन परीक्षणका क्रममा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म ६ लाख ९० हजार ९७४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३३३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या ६ लाख १४ हजार ३२७ जना पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा २८ जनाको ज्यान गएकाे छ । हालसम्म काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ९ हजार २९१ पुगेको छ ।