Aafno Khabar

आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान खुला गर्ने सरकारको निर्णय

  • आफ्नो खबर
  • July 7, 2021 प्रकाशित

काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुरु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण बैशाख २० गतेदेखि उडानहरु बन्द थिए । आन्तरिक उडान बिहीबारदेखि आधा संख्यामा सञ्चालनमा आएका थिए ।

हाल यूएई, साउदी अरब, अमेरिका, बेलायत, बेल्जियम, पोर्चुगललगायतका मुलुकले नेपालको यात्रा प्रतिबन्ध लगाएका छन् ।