काठमाडौं । आज देशका अधिकांश स्थानमा मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित केही ठाउँमा बिहानैदेखि घाम लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वाग्मती र प्रदेश नम्बर दुईको पश्चिमी ठाउँहरुमा घाम लागेको तर अरु ठाउँमा कतैकतै हल्का पानी परिरहेको महाशाखाले जनाएको छ । यी ठाउँहरुमा बिहानीपख घाम लागे पनि दिउँसोपख पानी पर्ने सम्भावना छ। यस्तै, अहिले प्रदेश एक, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर मौसम बद्ली हुने अनुमान छ । बेलुका हल्का पानी पर्ने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । आज राति भने देशका धेरै ठाउँहरुमा पानी पर्नेछ भने प्रदेश एकमा ठूलो पानी पर्नेछ । भोलिदेखि फेरि मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको छ ।
मौसम सक्रिय भएसँगै ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।