Aafno Khabar

गुडिरहेको एम्बुलेन्समाथि पहिरो, बिरामीले गुमाए ज्यान, भागेर बचे चालक

  • आफ्नो खबर
  • July 1, 2021 प्रकाशित

कास्की । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा गाडीमै बिरामीको ज्यान गएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गतको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ गइरहेकाे एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको ज्यान गएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिएका छन् । ‘खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेछ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘चालकले भागेर ज्यान जोगाए । विरामीको घटनास्थलमै ज्यान गयो ।’

घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्स करिब सय मिटर तल बगाएको छ ।